
भदाै ९ डाेटी – असाेज २८ गतेदेखि पाेखरामा हुन गईरहेकाे नवाै बृहत राष्ट्रिय प्रतियाेगितामा डाेटीबाट सहभागि हुने खेलाडीहरूकाे छनाेटका लागि सम्पुर्ण तयारी पुरा भएकाे छ ।
डाेटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले बिहीवार सुचना जारी गर्दै छनाेट खेलका लागि तयारी पुरा भएकाे उल्लेख गरेका छन् । शुक्रबार बिहानबाट छनाेट खेलकाे उद्घाटन खप्तड रंगशाला राजपुरमा गरिने शाहीले जानकारी दिए । शुक्रबार महिला तथा पुरूष खेलतर्फका क्रिकेट र हेण्डबलका खेलाडी छनाेट हुनेछन् ।
डाेटीले पाेखरामा असाेज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयाेजना हुने राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि २ सय ७६ खेलाडी सहभागि हुन लागेका छन् ।
डाेटीले १७ बिधाका खेलमा सहभागिता सहभागिता जनाउन ४ सय खेलाडीहरूले छनमेटका लागि आवेदन दिएकाे अध्यक्ष शाहीले बताए । `४ सय खेलाडीबाट २ सय ७६ खेलाडी छनाेट गर्दैछाै´, अध्यक्ष शाहीले भने , ` त्यसका लागि खेलमैदान देखि आवश्यक सामाग्रीहरू र आन्तरिक तयारी पुरा भईसकेकाे छ ।´
खेलकुद समितिले भदाै १४ गतेभित्र खेलाडीहरूकाे छनाेट गरि सक्ने जनाएकाे छ । केही बिधामा स्वर्ण पदक जित्ने उदेश्य साथ तयारीमा लागेकाे समितिले जनाएकाे छ ।
प्रतिक्रिया