डाेटी- जिल्ला सभापति नरेन्द्र बहादुर सिंहकाे जिम्मेवारी खाेसेर नेपाली कांग्रेसकाे केन्द्रीय समितिले जिल्ला सचिव नारायण बलायरलाई कार्यवाहक दिएकाे छ ।
महामन्त्री गूरू घिमिरेद्वारा हस्ताक्षर भएकाे पत्रमा जिल्ला सभापतिले गर्ने सम्पू्र्ण अधिकार रहने गरि कार्यवाहककाे जिम्मेवारी ताेकिएकाे बलायरले पाँजलाे अनलाईनलाई बताए । उनलाई भदाैं ३० गते कार्यवाहककाे जिम्मेवारी दिईएकाे छ ।
साथै डाेटीमा महाधिबेशन सम्पन्न गर्नका लागि महाधिवेशन परिचालन समिति संयाेजककाे जिम्मेवारी समेत बलायरले पाएका छन् ।
लामाे समय देउवा पक्षमा रहेका बलायर एकाएक कांग्रेसकाे संस्थापनतिर खुलेसंगै डाेटीकाे राजनैतिक वृतमा नयाँ चर्चा सुरू भएकाे छ । स्राेतका अनुसार केन्द्रीय समितिले मागेकाे रायमा जिल्ला तहका संस्थापन पक्षका नेताहरूले समेत बलायर नै कार्यवाहकका लागि उपयुक्त रहेकाे भन्दै सिफारिस गरेपछि भदाै ३० गते कार्यवाहककाे जिम्मेवारी पाएका हुन् ।
शक्तिशाली जिम्मेवारी प्राप्त भएसंगै उनी महाधिवेशनकाे तयारीमा जिल्ला दाैडाहामा खटिएका छन् ।
नव नियुक्त कार्यवाहक सभापति बलायरले गगन थापाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गरेर पार्टीलाई एकढिक्का बनाउनु पर्ने बताए ।
उता जिम्मेवारी खाेसिएका नरेन्द्र बहादुर सिंहले भने अहिलेकै अवस्थामा महाधिवेशनकाे कार्यताालिका अगाढी बढाउन नसक्ने बताएपछि केन्द्रीय समितिले बलायरलाई कार्यवाहक दिएकाे हुनसक्ने बताए ।
उनले अदालतमा रहेकाे मुद्वामा पार्टीलाई एकतावद्व नबनाउदाँसम्म गरिने महाधिवेशनले पार्टीभित्रकाे गुटबन्दी झन झाँगिने प्रतिकृया दिए ।
संस्थापन र देउवा पक्षले अघि सारेेकाे अधिवेशनलाई सम्पन्न गर्न डाेटीमा आ- आफ्ना तर्क प्रस्तुत गर्दै दुवै पक्ष अघि बढेका छन् ।







प्रतिक्रिया