डोटी । नेपाल तरुण दल जिल्ला कार्यसमिति डोटीले नेपालकाे संविधान भित्र रहेर समस्या समाधान गर्न आग्रह गरेकाेे छ ।
तरुण दलका अध्यक्ष टेकबहादुर रावलद्वारा जारी विज्ञप्तिमा जेनजीकाे आन्दाेलनमा शहिदको बलिदानलाई ऐतिहासिक परिवर्तनका लागि प्रेरणाको स्रोतका रूपमा लिनु पर्ने बताईएकाे छ।
विज्ञप्तिमा आन्दाेलनका नाममा पार्टी सभापति शेर बहादुर देउवा लगायतका नेतामाथि गरिएकाे कुटपिट, दुर्व्यवहारकाे भत्सर्ना गर्दै देशभर भएकाे विध्वंसकाे छानविन गरि कार्वाही गर्न माग गरिएकाे छ ।
तरुण दल डोटीले वर्तमान परिस्थितिमा संविधानलाई बलियो बनाएर लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नुपर्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक गणतन्त्रलाई विकल्परहित प्रणालीका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो । त्यसका लागि शान्ति, सुरक्षा, सुशासन र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेछ ।”
तरुण दलले आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै देशलाई संकटबाट उन्मुक्त गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ ।






प्रतिक्रिया