धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आवश्यकताको आधा मात्रै कर्मचारी

पाँजलो न्युज
२३ चैत २०७९ ८:२६

धनगढी । धनगढीको प्रादेशिक चिकित्सालय पूर्ण रुपमा सञ्चालनका लागि एमडी चिकित्सकसहित ७० जना कर्मचारीको स्थायी दरबन्दी आवश्यक हुन्छ। चिकित्सालयले गरेको ओ एण्ड एम सर्भेमा चिकित्सक, कविराज, स्टाफनर्स बैध तथा प्रशासनिक कर्मचारी गरेर ७० जना कर्मचारी आवश्यक पर्ने देखिएको हो।

चिकित्सालयमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउण्ड लगायतका सेवा सञ्चालनका लागि अस्थायी कर्मचारी छन्। प्रशासनीक तथा लेखा शाखामा समेत अस्थायी कर्मचारी छन्। तर, प्रादेशिक आयुर्वेदिक चिकित्सालय पूर्ण क्षमतामा  सञ्चालनका लागि कर्मचारीको अभाव हुने भएको हो। ओपिडी लगायतका विशेषज्ञ सेवा सञ्चालनका लागि कर्मचारी छैनन्। उपाध्यायले भने, ‘७० जना कर्मचारी आवश्यक छ। ओ एण्ड एम बनाएका छौँ, पारित भएको छैन। एक जना एमडी चिकित्सक ल्याउनु पर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *