नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको कोषाध्यक्षमा डोटीका भण्डारी निर्वाचित

पाँजलो न्युज
२३ चैत २०८२ ९:२३
नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको कोषाध्यक्षमा डोटीका भण्डारी निर्वाचित
prem

डोटी– नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्री प्रेम बहादुर भण्डारी कोषाध्यक्षमा निर्वाचित भएका छन्।

उनी डोटीमा एसजी फ्यूल सेन्टर सचालन गर्दै आएका व्यवसायी हुन । डोटीको व्यवसायिक तथा संस्थागत नेतृत्वमा सक्रिय भण्डारीको प्रदेश स्तरमा जिम्मेवारी पाउनु प्रदेशका व्यवसायी समुदायका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

अधिवेशनले पुष्पराज कुँवरलाइ अध्यक्षामा निर्विरोध निर्वाचित गरेको थियो । नव–निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा कञ्चनपुरका मदनराज पन्त जिल्ला/नगर तर्फ सदस्यमा विष्णु राज जोशी (डडेल्धुरा) कृष्ण बहादुर तामाङ (पञ्चेश्वर) कृष्णा कुमारी बिष्ट (कैलाली) खगेन्द्र प्रसाद बोहरा (कञ्चनपुर)  मदन राज न्यौपाने (लम्कीचुहा) निर्वाचित भएका छन । त्यसैगरि वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने एसोसिएट तर्फ सदस्यमा बम बहादुर शाह निर्वाचित भएका छन ।

प्रदेशभरिका उद्योग–व्यवसायको प्रवर्द्धन, नीति संवाद तथा व्यवसायिक वातावरण सुधारमा भूमिका निर्वाह गर्नुपर्ने भन्दै डोटी उधोग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले निर्वाचित पदाधिकारीहरुलाइ कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *