डाेटी- सुसाईड नाेटमा नाम उल्लेख गरिएका गणेश रावललाई आफन्तहरूकाे आत्महत्या दुरूत्साहन मुद्वा दर्ता पछि जिल्ला प्रहरी कार्यालय डाेटीले पक्राउ गरेकाेे छ ।
उनी शिक्षा समन्वय ईकाई डाेटीमा विधालय निरिक्षक (साताैं तह) मा कार्यरत छन । रावललाई प्रहरीले मंगलवार पक्राउ गरेकाेे हाे ।
डोटीको पुर्वीचौकी गाउँपालिकाको वडा नं.१ तल्लो फुलोट घर भएकी २७ बर्षिया जानकी खड्का घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन । उनीसंग फेला परेकाेे सुसाईड नाेटमा रावलकाेे नाम उल्लेख भएकाले आत्महत्या दुरूत्साहन मुद्वा दर्ता गरेकाे मृतकका आफन्तले बताएका छन ।
मृतक खड्का सोमबार बिहान १० बजे तिर घरमा कसैलाई केही जानकारी नदिई घरबाट हिँडेकी थिईन । राति अबेर सम्म घर नआए पछि परिवारले खोजी गर्दा मङ्गलवार बिहान घर देखी करिब ७०० मिटर उत्तर तर्फ उतिसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।
नाेटमा मृतक खडकाले भाईलाई सम्बाेधन गर्दै गणेश रावलले आफूलाई फसाउन नाटक गरेकाे आराेप लगाएकी छन । विवाहित र वुुवा भईसकेकाे व्यक्तिसंग बुवाकाे ईज्जत फालेेर जीवन जीउन नसकिने भन्दै अन्जानमा रावलसंग फाेनमा कुरा गर्नु नै आफ्नाे गल्ति भएकाे उल्लेख गरेकी छन । नाेटमा मृतककका भाईलाई समेत तनाव दिईएकाे आशय छ ।
नाेटमा आफ्नाे संञ्चयकाेेषमा रहेकाेे रकम, आफूले तिर्न पर्ने रकम, माेवाईल बैंककाे खाता र पासवर्ड समेत दिएकी छन ।
मृतक जानकी बाजुराको बुडीगङगा नगरपालिका वडा नं.५ मा रहेको भानोदय नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षिका हुन । उनी दसै र तिहार बिदामा घर आएकी थिइन् ।
मृृतकका आफन्तले रावलमाथि घरमा श्रीमतिसंग झै झगडा गर्ने, कुटपिट गर्ने तथा विभिन्न युवतीहरूमाथि बलत्कारकाे प्रयास गरेेेकाेे आराेप लगाएका छन ।

प्रतिक्रिया