पुरस्कृत भयो बासुदेवी स्वास्थ्यचौकी, पाँच स्वास्थ्यकर्मी पनि सम्मानित

पाँजलो न्युज
१९ भदौ २०८२ ११:४०
पुरस्कृत भयो बासुदेवी स्वास्थ्यचौकी, पाँच स्वास्थ्यकर्मी पनि सम्मानित
स्वास्थ्यकर्मीसंग सामुहिक तस्वीर खिच्दै जनप्रतिनिधी र कर्मचारी

डोटी । के.आई.सिंह गाउँपालिका–३ स्थित बासुदेवी स्वास्थ्यचौकी उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा पुरस्कृत भएको छ । पालिकाभित्रका पाँच स्वास्थ्य संस्थामध्ये सर्वाधिक ८२.८ अंक ल्याउँदै बासुदेवी प्रथम भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखाले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्यचौकी इञ्चार्ज लालदेव सहनी र वडाध्यक्ष रामबहादुर कुवँरलाई संयुक्त रूपमा प्रमाणपत्रसहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नविन माझीले जानकारी दिए ।

पुरस्कृत भएका उत्कृष्ट तीन स्वास्थ्य चाैकीका प्रमुखहरु क्रमश–दायाँबाट बासुदेवी स्वास्थ्यचौकी प्रमुख लालदेव सहनी तिखात्तर स्वास्थ्य चौकी प्रमुख जानुका माझी र दुर्गामाण्डौ स्वास्थ्य चौकी प्रमुख भिष्म राज पाण्डेय ।

त्यस्तै, ७९.७ अंकसहित तिखात्तर स्वास्थ्यचौकी दोस्रो भएको छ । इञ्चार्ज जानु माझी र वडाध्यक्ष नेत्र रावललाई सम्मान गरिएको थियो । दुर्गामाण्डौ स्वास्थ्यचौकी ७६.७ अंकसहित तेस्रो बनेको छ भने इञ्चार्ज भिष्मराज पाण्डेय र वडाध्यक्ष जयलाल धामीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा रानागाउँ स्वास्थ्यचौकीका सिनियर अहेब रमेश प्रसाद जोशी, दुर्गामाण्डौ स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा. निरज प्रसाद जोशी, रानागाउँ स्वास्थ्यचौकीकी सिनियर अनमी गंगा माझी, बासुदेवी स्वास्थ्यचौकीकी सिनियर अनमी रुपा रावल पुनमगर सम्मानित स्वास्थ्यकर्मीहरूले पालिकाले दिएको मान्यताले आफूहरूलाई अझ उत्साह मिलेको बताएका छन् ।

सोही अवसरमा के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले स्वास्थ्य क्षेत्रमा तुलनात्मक रूपमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको भन्दै स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे । उनले पहिलो कार्यकालमै पालिकाले एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन गर्न सफल भएको, साथै अहिले डिजिटल ल्याब, भिडियो एक्स–रे, ईसीजी मेसिनलगायत आधुनिक उपकरण पनि उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *