वायल बजारमा २ बोरा म्याद सकिएको सामान बरामद

पाँजलो न्युज
१८ भदौ २०८२ १२:१४
वायल बजारमा २ बोरा म्याद सकिएको सामान बरामद

डोटी । के आई सिंह गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको पहलमा वडा नं. ४ वायल बजारमा अनुगमन गरिएको छ।

समितिको बैठक निर्णयअनुसार आज दिउँसो ११ बजेदेखि सुरु गरिएको अनुगमनमा १ वटा मेडिकलसहित ७२ वटा पसल अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।

अनुगमनका क्रममा ११ वटा पसलमा म्याद सकिएका अखाद्य तथा म्याद गुज्रेका अन्य उपभोग्य सामग्री बरामद गरिएको छ। त्यस्तै, कानुनी मापदण्ड पूरा नगरेको १ मेडिकललाई आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ। सात हजार दुइ सय १५ रुपैयाँ मूल्य बराबरको सामाग्री बरामद गरिएको जनाइएको छ ।

गाउँपालिकाले अखाद्य तथा म्याद गुज्रेका अन्य उपभोग्य सामग्री विक्रि गर्ने एवम मापदण्ड नपुगेका व्यवसायीलाई ७ दिनभित्र आवश्यक सुधार गर्न समय दिएको छ। समितिका संयोजक मिना विष्टका अनुसार उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्ने, व्यापारीलाई करको दायरामा ल्याउने र उपभोक्ता हित संरक्षण गर्ने रहेको बताइन ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष मिना विस्ट, प्रमुख प्रशासकीय अधिकृत हिमाल डंगौरा, स्वास्थ्य शाखा प्रमुख नविन माझी, प्रहरी चौकी वायलका ईन्चार्ज कुलविर बोहरा, उद्योग वाणिज्य संघ शाखा अध्यक्ष मान बहादुर खड्का लगायत विभिन्न निकायका १४ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

गाउँपालिकाले आगामी दिनमा पनि नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *