दिपायल- डाेटीको के आई सिं गाउँपालिकको आर्थिक बर्ष २०८१/८२ को सेवा प्रवाह र कार्य सम्पादन बारे सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । प्रभावकारी तथा नगरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको के आई सिं गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमाल डगौरा बताए । के आई सिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा के आई सिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही ले पालिकाले सबैलाई समेटेर काम गरिरहेको र सक्ने जति काम गरेको,कहि कतै अनियमितता नभयको र यदि कुनै पनि वडामा कसै कर्मचारीका कारण सेवासुबिधामा तल भाथी भयको पाईयमा कर्मचारीको तलब काटेर भए पनि ब्यबस्था गर्ने बतायका हुन ।
तस्बिर दिनेश जोशी
त्यसैगरी उपाध्यक्ष मिना बिष्टले सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्ननको जवाफ् दिदै गाउँपालिकालाइ सबैको साझा गाउँपालिका बनाउने गरि काम गरिरहेको बताइन ।
तस्बिर दिनेश जोशी
त्यस्तै कार्यक्रममा सहभागीहरुले योजना छनोट, सडक निर्माण , पालिकाको बेरुजु रकम, शिक्षा , स्वास्थ, कृषि लगायतका कार्यक्रमहरु भए पनि आवस्यक अनुगमन गरिनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा राजनीति दल ,स्थानीय , जनप्रतिनिधि , कर्मचारी , पत्रकारहरुको सहभागीता रहेको थियोे।
प्रतिक्रिया