डोटी । के.आई.सिंह गाउँपालिकाको आयोजना तथा TPO Nepal को प्राविधिक सहयोगमा आइतबार दुर्गामाण्डौ स्वास्थ्य चौकी, वायलमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा १२३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये १०१ जना महिला र २२ जना पुरुष रहेकाे स्वास्थ्य शाखा प्रमुख नविन माझीले जानकारी दिए । परीक्षणमा अधिकांश बिरामीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको उनले बताए ।

मानसिक रोग विशेषज्ञ डा. शुसान्त जोशीले TPO Nepal को प्राविधिक सहयोगमा बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा Anxiety (चिन्ता/बेचैनी), Depression वा Major Depressive Disorder (मनको रोग), Mixed Anxiety and Depression (चिन्ता र दुख दुवै), Bipolar Affective Disorder (मन कहिले अत्यन्त खुसी, कहिले अत्यन्त दुख हुने रोग) तथा Alcohol Withdrawal Syndrome (रक्सी छुटाउँदा देखिने समस्या) जस्ता लक्षणहरू पाइएकाे डा. जोशीले बताए ।
मानसिक स्वास्थ्य शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा उपाध्यक्ष मिना विष्ट, वडाध्यक्ष जयलाल धामी लगायत जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा रहेको भन्दै गाउँपालिकाले शीघ्र परामर्श सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया