डोटी- रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो ।
उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताईएको छ ।
उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याईंदैछ । परिवारका सदस्यहरु आइरहेको र आएपछि पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।
डोटीको जोरायल गाउँपालिका ४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ ।
उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया