उच्च अदालत दिपायलद्वारा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट,एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

पाँजलो न्युज
२ साउन २०८२ १०:५८
उच्च अदालत दिपायलद्वारा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट,एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

डोटी– उच्च अदालत दिपायलले गत आर्थिक वर्ष २०८१÷८२ मा अदालतमा परेका मुद्दामध्ये नौ सय ३७ थान मुद्दा फर्छ्यौट गरेको छ ।
बिहीबार उच्च अदालत दिपायलले गरेको अन्तरक्रिया कार्यक्रममा उच्च अदालतले गत आर्थिक वर्षमा ६ सय ५९ थान मुद्दा फर्छ्यौट गरेको जानकारी गराएको हो ।

उच्च अदालत दिपायलका निमित्त रजिष्ट्रार तारदत्त वडुका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका सात सय सत्ताइस थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ९९ गरी जम्मा आठ सय २६ थान मुद्दामध्ये छ सय ५९ थान मुद्दा फर्छ्यौट भई अब एक सय ६७ थान मात्र मुद्दा विचाराधीन रहेका छन् ।

अदालतले ०८०÷०८१ मा ९० दशमलव ४४ प्रतिशत मुद्दा फछ्र्याैट गरी १० वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको भए पनि गत वर्ष एकल इजलासले मात्र बेन्च गर्दा न्याय सम्पादनमा ७९.७९ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उच्च अदालत दिपायलका न्यायधिस डण्डपाणी शर्माले बताए ।
यसै गरी, आव २०८०÷०८१ मा उच्च अदालत दिपायलमा जिम्मेवारी सरी आएका तिन सय ३६ र नयाँ दर्ता भएका ७ सय गरी कूल एक हजार ३६ थान मुद्दामध्ये नौ सय ३७ थान अर्थात् ९० दशमलव ४४ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ ।
आव २०७९÷८० मा उच्च अदालत दिपायलमा जिम्मेवारी सरी आएका चार सय ८१ र नयाँ दर्ता भएका ७ सय ७५ गरी कूल एक हजार २ सय ५६ थान मुद्दामध्ये नौ सय २० थान अर्थात् ७३ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ । त्यस्तै, आव २०७८÷७९ मा ७ सय बयानब्बे , २०७७÷७८ मा पाँच सय छपन्न र आव २०७६÷७७ मा तीन सय ७६ थान मुद्दा फर्छ्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आव २०७५÷७६मा पाँच सय अठार ,आव २०७४÷७५ मा चार सय बयासी , आव २०७३÷०७४ मा दुई सय एकासी , आव २०७२÷७३ मा दुई सय तीस , आव २०७१÷७२ मा चार सय चौपन्न र आव २०७०÷७१मा तीन सय ५८ थान मुद्दा फर्छ्यौट गरेको अदालतले तथ्याङ्क सार्वजनिक गरेको हो ।

उच्च अदालत दिपायलमा भिडियो कन्फरेन्समार्फत बहसका लागि दर्ता भएका आठ सय बहत्तर मुद्दा मध्य ६ सय पचहत्तर मुद्दा भिडियो कन्फरेन्समार्फत बहस गरिएको र ४ मुद्दा बकपत्र गरिएको रजिष्ट्रार वडुले बताए ।

न्यायपालिकाकोे पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्ग गरी तीन प्रकारले विभाजन हेर्ने गरेको उच्च अदालतका न्यायाधीश शर्माले बताए । उनले भने ,‘छ महिना, एक वर्ष र १८ महिनाभित्र फर्छ्यौट गरी सक्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार कार्यसम्पादन गरिएको हो । यसरी काम गर्दा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको छ । छ महिना नाघेका ११ र छ महिनाभित्रका १५६ मुद्दा विचाराधीन छन्’,। नागरिकलाई छिटोछरितो र सहज ढङ्गले न्याय सम्पादन गर्न सकियोस् भनी अदालतले भिडियो कन्फरेन्स मार्फत बहस गर्ने गरेकाले समेत मुद्दा फर्छौटमा सहयोग पुगेको उनले बताए ।

भिडियो कन्फरेन्सका मुद्धा बहस,बकपत्र गर्दा विद्युतीय समस्या भएका वेला व्याट्रि ब्याकअप अभावले काम गर्न असहज भएको तितो यर्थात सुनाउँदै समस्या समाधान लागी सहयोग गर्न अनुरोध गरे ।

न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि न्यायाधीशसँग भेटघाट कार्यक्रमअन्तर्गत स्थानियतहसंग,विभिन्न विद्यालय तथा क्याम्पसमा विद्यार्थीहरूसँग न्यायिक संवाद,नागरिक समाज बिच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको उच्च अदालत दिपायलका सूचना अधिकारी नर बहादुर नेगीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *