डोटी- डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट तथा योजना आज आइतबार गाउँपालिकाको १७ औ अधिवेशनको बैठक नम्बर २ ले पारित गरेको छ ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले असार १० गते ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेट माथि छलफल गर्दै गाउँ सभा बैठकले सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।
पालिकाले आगामी आर्थिक वर्षको लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण सुशासन र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई विशेष प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।
बडीकेदार गाउँपालिकाको बजेट तथा योजना पारित

प्रतिक्रिया