डोटी- डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासि करेन्ट प्रवाह हुँदा सात वटा बाख्रा मरेका छन् ।
गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासि जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीम बहादुर साउद र भगिराम साउँदका सात वटा बाख्राको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
वर्षाको समयमा बिद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने केही समयमा अगाडी वडा नम्बर ४ मान्नाकापडीमा गोरुको मृत्यु भएको थियो, आज बाख्रा मरेका छन् भोलीका दिनमा मानवीय क्षति नहोस् भन्ने हेतुले करेन्ट प्रवाह र चुहावटको अवस्थाको परीक्षण गर्न आवश्यक रहको समेत बताए । यसमा बिजुली बिस्तार तथा निमार्ण कम्पनी र विद्युत् कार्यालयले समयमै विशेष ध्यान दिन आवश्यक रहको समेत बताए ।
केही महिना अगाडी बडीकेदार गाउँपालिका वडा नम्बर ४ मा पनि पोल नजिक एक गोरुलाई करेन्ट लागेर मृत्यु भएको थियो ।
बिजुलीको करेन्ट लाग्दा डोटीको बडीकेदारमा सात बाख्रा मरे

प्रतिक्रिया