डाेटी- के.आई.सिंह गाउँपालिका वडा नं. ३ को वडा कार्यालयले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मि र स्वयमसेविकालाई सम्मान गरेकाे छ ।
शुक्रवार एक कार्यक्रमकाे आयाेजना गरि वडाध्यक्ष राम बहादुर कुँवरले सम्मान गरेका हुन । सम्मानित हुनेमा स्वास्थ्य चाैकीमा कार्यरत सिनियर अ.न.मी कान्ता भट्ट, रुपा रावल पुनमगर तथा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका चम्भा देवी बम, कमला देवी कुवँर, लक्ष्मी देवी कुवँर , भागरथी देवी भट्ट , बिर्मा देवी ऐर रहेका छन ।
लामाे समयदेखि सेवामा प्रवेश गरि उत्कृष्ट काम गरेकाेे भन्दै ज्येष्ठताकाे आधारमा वडा कार्यालयले गरेकाे सम्मानले स्वास्थ्यकर्मीहरूमा हाैषला बढेकाेे बासुदेवी स्वास्थ्य चाैकी प्रमुख लालदेव सहनीले वताए ।
कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई अक्षता, चन्दन, दोसल्ला र फुलमालाले सम्मान गरिएको थियो।
प्रतिक्रिया