महालक्ष्मी बैंकद्धारा बिद्यालयलाई सामाग्री हस्तान्त्रण

पाँजलो न्युज
१९ असार २०८२ १०:१०
महालक्ष्मी बैंकद्धारा बिद्यालयलाई सामाग्री हस्तान्त्रण

मोहन पनेरु /  डोटी । महालक्ष्मी बिकास बैंक लिमिटेड डोटीको पिपल्ला शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिद्यालयलाई जिन्सी सामाग्री वितरण गरेको छ ।

May be an image of one or more people and text

डोटीको दिपायल सिलगढी नगरपालिका–२ खातीवडा स्थित देवी माध्यमिक विद्यालय काठको दुई थान दराज,काठकै दुई थान टेबल र पा“च वठा कुर्सी वितरण गरेको छ । बिहीबार विद्यालय प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो साम्रगी बितरण गरिएको हो ।

May be an image of 5 people, people studying and text

विद्यालयको समन्वयमा महालक्ष्मी बिकास बैंक पिपल्ला शाखाका प्रमुख पदम राज जोशी लगायत बैकंका प्रतिनिधिहरूले बिद्यालयलाई सामाग्री हस्तान्तरण गरेको हो ।

May be an image of 6 people and text

कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्काले भने महालक्ष्मी बिकास बैंकको उक्त सहयोगप्रति आभार प्रकट गर्दै, “आजको सहयोगले हाम्रो विद्यालयमा अध्ययन गर्ने सीमान्तकृत र आर्थिक रूपले ओझेल परेको बिद्यालयलाई यो समाग्रीहरुले ठुलो राहत मिलेको छ । शिक्षामा समान पहु“च पु¥याउने यस्ता कार्यक्रमले विद्यार्थीहरू र बिद्यालयहरुमा सकारात्मक प्रेरणा दिनेछ।”

May be an image of 1 person and text

May be an image of 16 people and text

महालक्ष्मी बिकास बैकका प्रमुख जोशीले भने, “महालक्ष्मी बैंक केवल वित्तीय कारोबारमा सीमित छैन, हामी समाजप्रति उत्तरदायी संस्था हौं । त्यसै अनुसार शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासमा योगदान पु¥याउने अभियानमा सक्रिय रहदै यहा“सम्म पुगेका छौ उनले भने ।” डोटी हाम्रो कार्यक्षेत्र पनि हो यस्ता कामले हामीलाई पनि समाजप्रति उत्तरदायी बनााउने प्रेणा मिल्ने गरेको बताए ।

May be an image of 7 people and text

विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले बिद्यालयलाई थप उर्जा मिल्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटीले बताए ।

May be an image of 4 people and text

बिद्यालयका प्राधानाध्यापक सिद्धराज ओझाले भने, “यस किसिमको सहयोगले विद्यालय, बैंक र समाजबीचको सम्बन्ध बलियो बनाउ“छ । यस्तो सहयोगले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिनेछ।”

May be an image of 1 person and text

महालक्ष्मी बिकास बैंक पिपल्लाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । बैंकले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने बैंकका कर्मचारी लोकेन्द्र बलायरले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *