के.आई.सिंह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा

पाँजलो न्युज
२ असार २०८२ १०:३८
के.आई.सिंह गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा

डोटी– के.आई.सिंह गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी के.आई.सिंहलाई घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह प्रमुख अतिथी रहेका थिए भने उप प्रमुख स्मृती चुनारा विशिष्ठ अतिथी रहेकी थिइन । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीना बिष्ट स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी, वडाध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

 

के.आई.सिंह गाउँपालिकामा १६ देखि ५९ महिनाका १२३०  बालबालिकालाई खोपको सुनिश्चीतता भएपछि घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।

डोटी जिल्लामा यस अघि ७ वटा पालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिसकिएको छ । असार भित्र डोटी जिल्लालाई पनि घोषणा गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीले बताए ।

विभिन्न १२ प्रकारका रोग बिरुद्ध बालबालिकालाई खोप लगाउन नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम भएकाले सवैले आ–आफ्नो ठाउँबाट भूमीका खेल्नुपर्ने जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए

पूर्णखोप सुनिश्चतता घोषणा निर्देशिका २०७१ अनुसार के आइ सिह गाउँपालिकाले २४ वटा खोपकेन्द्रमार्फत स्वास्थ्यकर्मी स्ववयमसेविका लगायतको सहयोगमा पालिकाभित्रका १२३० बालबालिकाहरुलाइ खोप सुनिश्चितता गरिएको हो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *