सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

डा. केशव श्रेष्ठ, फेसबुकमा 'अलबिदा' लेखेर सम्पर्कविहीन भएपछि, काठमाडौंको एक रिसोर्टमा भेटिए। रामेछाप अस्पतालबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए। प्रहरीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिकाको रिसोर्टबाट उद्धार गरेको छ, खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय जुटेको थियो।

पाँजलो न्युज
२ असार २०८२ ८:४८
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

दिपायल- फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ ।

जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए । उनलाई सकुशल उद्धार गरिएको काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए ।

डा. श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका स्थानीय हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई लान्छाना लगाएर स्ट्याटस लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *