वायलमा हावाहुरीले पसलको छाना उडायो, दुई लाख बराबरको क्षति

वसन्त विक
१९ जेठ २०८२ १२:५७
वायलमा हावाहुरीले पसलको छाना उडायो, दुई लाख बराबरको क्षति

डोटी, जेठ १८ – डोटीकाे के.आई.सिंह गाउँपालिका वडा नं. ४ स्थित वायल बजारमा हावाहुरीका कारण एक पसलमा क्षती पुगेकाेे छ । स्थानीय गाेविन्द भट्टको स्वामित्वमा रहेको ‘भट्ट मोबाइल एण्ड फोटो स्टुडियो’ पसलमा हावाहुरीले छाना उडाएकाे छ ।

शनिबार साँझ ४:३० बजेतिर आएको वर्षासँगैको हावाहुरीले जस्ताले छाएको एकतले एक कोठे उक्त पसलको छाना उडाउँदा भित्र रहेका कम्प्युटर, मोबाइल, क्यामेरा लगायतका विद्युतीय सामग्रीहरू भिजेर तथा टुटफुट भई करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।

हालसम्म मानवीय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी नायब निरीक्षक कुलविर बोहराको कमाण्डमा पाँच जना प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

प्रभावित गोविन्द भट्टले प्राकृतिक विपत्तिका कारण व्यवसायमा ठूलो क्षति व्यहोर्नु परेको गुनासो गरेका छन्। स्थानीय बासिन्दाले हावाहुरीबाट अन्य केही घर तथा संरचनामा पनि सामान्य क्षति पुगेको जनाएका छन्। स्थानीयबासी एवम प्रहरीले पसलका सामानहरूकाे व्यवस्थापन गर्न सहयाेग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *