डोटीका दुई बिद्यालयमा बिद्यार्थी परिषदको चुनाब समपन्न भएको छ । दिपायल सिलगढी नगरपालिका राजपुरमा रहेको सुजङ माध्यामिक बिद्यालय र के आईसिंह गाउँपालिका रानागाउँमा रहेको सरस्वती माध्यामिक बिद्यालयमा बिद्यार्थी परिषदको चुनाब समपन्न भएको हो । सरस्वती माध्यामिक बिद्यालयमा भएको निर्वाचन प्रणालीबाट बिद्यालय कप्तान कक्षा ९ मा अध्यानरत छात्र चेतन मल्ल निर्वाचित भएका छन भने साहयक कप्तानमा कक्षा ८ मा अध्यनरत छात्रा चित्रा रावल निर्वाचित भएकी छन् ।
यस्तै सदनहरुमा आईन्सटाईन सदनबाट कप्तानको लागी बिमला विष्ट र उपकप्तानको लागी अनिशा घर्तिमगर,पतन्जली सदनबाट कप्तानमा शुमन बिक,उप कप्तानमा रोमन ठकुल्ला,सिद्धार्थ सदनबाट आर्यन बिष्ट,उपकप्तानमा प्रकाश रावल र रजनिश सदनबाट कप्तानमा भुपेन्द्र मल्ल र उपकप्तानमा कल्पना रावल बिजयी भएकी छन् ।
यस्तै सुजङ माध्यामिक बिद्यालयको निर्वाचन नतिजा आईवार मात्र आउने बिद्यालयले जानकारी दिएको छ ।
बिद्यालय कप्तान,उपकप्ता र बिभिन्न हाउसहरुका कप्तान र उपकप्तान छानका लागी शुक्रवार बिद्यालयको प्राङगण निर्वाचन भएको थियो ।
प्रतिक्रिया