बेवारिसे महिलालाई सुत्केरी गराउने प्रहरी जवान देउवा पुरस्कृत

पाँजलो न्युज
८ जेठ २०८२ ७:४७
बेवारिसे महिलालाई सुत्केरी गराउने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीको गाेदावरी नगरपालिका-१ सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेकाे अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने प्रहरी जवान देउवा पुरस्कृत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र नगदसहित पुरस्कृत गरेकाे छ।

‎आज जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गर्नुभएको छ।

‎राणाले प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेकाे अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताउनुभएको छ।

 

‎देउवाले मंगलबार गाेदावरी नगरपालिका-१ काे बसन्तपुरमा सडकमा छटपटाइरहेकाे अवस्थामा भेटिएकी बझाङकाे थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाउनु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *