अपाङ्गता भएका २५ जनालाइ बाख्रा वितरण

इन्द्र शाही
४ जेठ २०८२ १:४४
अपाङ्गता भएका २५ जनालाइ बाख्रा वितरण

डोटी – सिड नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पर्शसी परियोजना अन्तर्गत आदर्श गाउँपालिकाका विभिन्न वडाहरूमा आर्थिक रूपमा कमजोर तथा अपाङ्गता भएका व्यक्तिहरूलाई बाख्रा वितरण गरिएको छ।

आदर्श गाउँपालिका र सिड नेपाल डोटीको समन्वयमा सम्पन्न कार्यक्रममार्फत जम्मा २५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रति व्यक्ति २ वटा बाख्रा वितरण गरिएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष गणेश खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। यस वितरण कार्यक्रममार्फत जम्मा ३ लाख ८० हजार रुपैयाँ बराबरको बाख्रा सहयोग गरिएको हो।

सहयोग प्राप्त लाभग्राहीहरू आदर्श गाउँपालिकाका विभिन्न वडाहरूबाट छनोट गरिएका अपाङ्गता भएका तथा अति जोखिममा रहेका आर्थिक रूपमा कमजोर व्यक्तिहरू हुन्। परियोजनाको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा सहयोग पुर्‍याउनु रहेको बताइएको छ।

सिड नेपाल र वर्ल्ड भिजनद्वारा सञ्चालित यस कार्यक्रमले समुदायमा समावेशी विकास र बाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *