लोकतान्त्रिक निर्माण व्यवसायी संघ डोटीको अध्यक्षमा जगत वहादुर खड्का चयन

पाँजलो न्युज
२४ वैशाख २०८२ १४:०६
लोकतान्त्रिक निर्माण व्यवसायी संघ डोटीको अध्यक्षमा जगत वहादुर खड्का चयन

डोटी- लोकतान्त्रिक निर्माण व्यवसायी संघ डोटीको अध्यक्षमा जगत वहादुर खड्का चयन भएका छन्।

नेपाली कांग्रेस डोटीका पार्टि सभापति नरेन्द्र वहादुर सिँहको प्रमुख आतिथ्यमा वुधवार सिलगढीमा भएको प्रथम जिल्ला भेला तथा अधिवेशनले खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा महेन्द्र विक्रम शाह र डम्वर वहादुर विष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा दिलिप कुमार शाही, उपमहासचिवमा दिर्घ वहादुर साउँद र शिव वहादुर साउँद, कोषाध्यक्षमा भिम वहादुर बिष्ट, सहकोषाध्यक्षमा जानकी देवि बिष्ट चयन भएका छन्।

यसैगरी सदस्यहरूमा शिव वहादुर खड्का, गणेश वहादुर वोहरा, जनपुरा कार्कि, अम्मर खड्का, खडक वोगटी, रेखा खड्का, खडक कठायत र कौशिला रावत निर्वाचित भएको निर्वाचन अधिकृत घनश्याम पाठकले जानकारी दिए।

अधिवेशनमा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय उपसंयोजक एवं नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठी, प्रदेश संयोजक मदनबहादुर कुँवर, निर्माण व्यवसायि संघका सुदुर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण स्वार विशिष्ठ अतिथि रहेका थिए।

कार्यक्रममा निर्माण व्यवसायी संघका डोटीका अध्यक्ष घनश्याम पाठक, नेपाल विद्यार्थि संघका केन्द्रीय सदस्य लोकेन्द्र भण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष चक्र कुँवर, नेपाल निजामति कर्मिचारी युनियनका अध्यक्ष अमर खड्का ,गैसस महासंघका केन्द्रिय सदस्य रघु कठायत,पत्रकार लगायत निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *