दिपायल- डोटीमा क्षमता भन्दा बढी यात्रु बोक्ने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार प्रहरीले सुपप्र ०१ ००१ च २७१४ नम्बरको बोलेरो जिपका चालक जोरायल गाउँपालिका ४ बाजि लेकका २५ वर्षका खगेन्द्र थापालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिपको क्षमता भन्दा बढी यात्रु बोकी शनिवार देखी फरार रहेका चालक थापालाई खोजी कार्य गरेपछि सोमबार बिहान के.आई.सिंह गाउँपालिका ४ गरडि गाउँबाट नियन्त्रणमा लिइएको हो । शनिवार बिहान के आई सिंह गाउँपालिका ५ तुसारा खोलाबाट राजपुर आईरहेकोे उक्त बोलेरो जिपले क्षमता भन्दा बढी यात्रु बोकेको देखे पछि सम्झाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । तर चालक फरार भएपछि प्रहरीले निगरानी गरेको थियो ।
अहिले उनलाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि प्रहरी चौकी वायलमा राखिएको जनाएको छ । क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने , भाडा दर भन्दा बढी भाडा लिने लगायतका कार्य गरेको भेटिएमा कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रतिक्रिया