नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

पाँजलो समाचार
२९ चैत २०८१ ०:५१
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ । गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन सिंह गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा वैकुण्ठ वैभव निर्वाचित भए । महासचिवमा भने महेश कुमार बस्नेत निर्वाचित भएका छन् ।

सचिवमा कुन्छ दोर्दे दिङडोङ निर्वाचित हुँदा कोषाध्यक्षमा धनमाया सिन्जाली मगर निर्वाचित भइन् । दुई वटा प्यानल बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *