अछममा एक घरमा आगलागि

पाँजलो न्युज
१६ फागुन २०८१ १५:२३
अछममा एक घरमा आगलागि

डोटी- अछामको चौरपाटी गाउँपालिका–१ खेडिगाँउ बस्ने लाले आउजीको २ तले २ कोठे खरले छाएको कच्ची घरमा शुक्रवार आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। लाले आउजीका ७ वर्षीय छोरा विनोद आउजीले खेल्ने क्रममा आगलागी भएको जनाइएको छ। उक्त आगलागीबाट आउजीका घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै पुर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *