निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा खड्का बिजयी

पाँजलो न्युज
२८ माघ २०८१ १०:४५
निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा खड्का बिजयी

दिपायल- नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट खड्को अध्यक्षतामा नया कार्यसमिती निर्वाचीत भएको हो ।
जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल, कोषाध्यक्ष्मा लोक वहादुर खड्का निर्वाचीत भएका छन् । यस्तै सदश्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी रहेका छन् ।
यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।

२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *