रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिँदै

पाँजलो समाचार
४ कार्तिक २०८१ ७:२०
रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिँदै

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पेस गरिने भएको छ । लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिँदै छ।

प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरेको संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनका आधारमा गोर्खा मिडियासँग जोडिएका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरी सडक मार्ग हुँदै रातारात पोखरा ल्याएको थियो । शनिबार बिहान पोखरा ल्याइएका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

हिजो शनिबार परेका कारण अदालत बन्द भएपछि आज म्याद थपका लागि लामिछानेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो । कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न भन्दै शुक्रबार कास्की जिल्ला अदालतसँग अनुमति माग गरेको थियो ।

प्रहरीको पत्रपछि न्यायाधीश कृष्णजंग शाहको एकल यजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *