बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा महिला कर्मचारीलाई महिनावारी बिदा

पाँजलो समाचार
४ कार्तिक २०८१ ७:१२
बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा महिला कर्मचारीलाई महिनावारी बिदा

बैतडी- बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ।

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिवार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए। महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो।

यो निर्णयले स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सहज हुने स्वास्थ्यचौकीले जनाएको छ। पञ्चेश्वर स्वास्थ्यचौकीमा ८ जना स्वाथ्यकर्मी तथा कर्मचारीमध्ये ६ जना महिला रहेका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *