अटो दुर्घटनाका घाइते ज्येष्ठ नागरिकको मृत्यु

पाँजलो समाचार
१३ भदौ २०८१ ५:२८

दाङ- दाङमा अटो दुर्घटनामा परी एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

दंगीशरण गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय जिवराज बस्नेतको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

राप्ती राजमार्गअन्तर्गत सितलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४५१३ नम्बरको अटो बुधबार बिहान साढे ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ नजिक अनियन्त्रित भइ सडक किनारमा पल्टिएको थियो।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते बस्नेतलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा रिफर गरिएको थियो।

उनको उपचारका क्रममा बुधबार बेलुकी पख मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *