म्याजिक गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ७ जना घाइते

पाँजलो समाचार
४ भदौ २०८१ २:१७
म्याजिक गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ७ जना घाइते

धनगढी- कैलालीमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामापरि ७ जना घाइते भएका छन्।

सोमबार गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिश्राम चौधरीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।
म्याजिक चालक प्रकाश बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *