निर्मला हत्याकाण्ड ६ वर्ष पुरा, हात लाग्यो शून्य

पाँजलो न्युज
११ साउन २०८१ ८:१७
निर्मला हत्याकाण्ड ६ वर्ष पुरा, हात लाग्यो शून्य

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टा खामकी बालिका निर्मला पन्तको बलात्का पछि हत्या भएको आज ६ वर्ष पुरा भएको छ ।

१० साउन घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी भोलीपल्ट निर्मलाको ११ साउन उखुबारीमा शव फेला परेको थियो ।

यस बिचमा ५ गृहमन्त्री, ५ आइजिपी, ८ डिआइजी र ९ एसपी परिवर्तन हुँदा पनि दोषी अहिलेसम्म पहिचान भएका छैन।

उति बेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालिन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत् कालिन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका १९बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरिएको थियो ।

दिलीप विष्ट हत्यामा हुनै सक्दैन भनेर अधिकारकर्मी सहित उति बेला काँग्रेस नेता कार्यकर्ताहरूले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए, भने दर्जनौँ स्थानीय घाइते भएका थिए ।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार यस बिचमा पाँच गृहमन्त्री परिवर्तन भए निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री राम बहादुर थापा ९बादल०, त्यसपछि क्रमशः बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र अहिले गृहमन्त्री रमेश लेखक रहेका छन् ।

लेखककै गृह नगरकी निर्मला पन्तले न्याय पाउने स्थानीयले अपेक्षा राखेका छन् । निर्मला हत्याकाण्ड हुँदा उति बेला नेपाल प्रहरीका प्रमुख ९प्रहरी महानिरीक्षक० सर्वेन्द्र खनाल थिए, त्यसपछि ठाकुर प्रसाद ज्ञवाली, शैलेश थापा ९क्षेत्री०, धिरज प्रताप सिंह र हाल बसन्त बहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार निर्मला हत्याकाण्ड हुँदा तत् कालिन सुप प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक९डिआइजी० सुरज केसी थिए ।

त्यसपछि क्रमशः डिआइजीहरू तारण प्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहन कुमार आचार्य, अशोक सिंह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरत बहादुर बोहरा, हाल डिआइजी रवीन्द्र केसी रहेका छन् ।
निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा तत् कालिन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमशः तत् कालिन एसपीहरु कुँवर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमा प्रसाद चर्तुर्वेदी, श्याम सिंह चौधरी, कमल थापा र हाल जिल्लाका प्रहरी प्रमुख ९एसपी० चक्रराज जोशीले कमान्ड सम्हालेका छन् ।
४ भदौँ ०७५ सालमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले ७ भदौँ ०७५ मा कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खडका, एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञान बहादुर सेठीको सरुवा, गर्दै सह–सचिव हरि प्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।
त्यसपछि तत् कालिन गृहमन्त्री रवि लामिछानेले डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा पनि अर्को समिति गठन गरियो । त्यसपछि एआईजी धीरु बस्न्यातको नेतृत्वको समिति बनाइयो । मैनाली र बस्न्यातको समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाही सिफारिस गर्नु बाहेक घटनाबारे यथार्थ पत्ता लगाउन सकेन । डिएनए विज्ञ जीवन रिजालको संयोजकत्वमा समिति बनाइयो ।

यो समितिले भने डिएनएलाई मात्रै आधार नमान्न र अनुसन्धानको दायरा फराकिलो गर्न सुझाव दिएको थियो । डिएनए बाहेक अन्य प्रमाणबाट कसुर पुष्टि हुने अवस्था देखिएमा प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउने बाटो रिजालको समितिले खोलिदिएको थियो ।

तत्कालीन डिआइजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन भयो । डिआइजी केसी नेतृत्वको समितिले एआईजी बस्न्यातको नेतृत्वको समितिले बनाएको प्रतिवेदन खारेज गरिदियो । निर्मला हत्याकाण्ड भएपछि भीमदत्त नगरपालिका स्थानीय सरकार, सुप प्रदेश सरकार र संघीय सरकारले क्रमशः ३, ५ र १० लाख रुपैयाँ पन्त परिवारलाई राहत दिएका थिए । घटनाको अनुसन्धानका लागि हालसम्म झण्डै ३३ लाख बराबर खर्च भएको अधिकारीले बताएका छन् ।

६ समिति गठन हुँदा समेत उपलब्धि शून्य भएको छ । गत असार ३० गते तत् कालिन गृहमन्त्री रवि लामिछानेले संसदमै निर्मलाका हत्यारा नजिक पुगेको दाबी गरेका थिए ।
कञ्चनपुरकी महिला अधिकारकर्मी एव उति बेला निर्मलाको न्यायका लागि सशक्त आन्दोलनमा होमिएकी शारदा चन्दले ६ वर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुखत भएको बताइन ।
‘गृहमन्त्री ज्यूले अब निर्मलालाई न्याय दिनुपर्छ, यस अघि गृहमन्त्री भएका सबै जिल्ला बाहिरका हुँदा केही भएन, ‘अहिले हाम्रो जिल्लाले गृहमन्त्री पाएको छ, गृह नगर नगरले गृहमन्त्री पाएपछि निर्मलाले न्याय पाउने आश लिएको छु ।’ चन्दले उति बेला अहिलेका गृहमन्त्री रमेश लेखकले आफ्नो पाटी सत्ता बाहिर हुँदा निर्मलाको विषयमा व्यापक मुद्दा उठान गरेको बताउँदै अब आफै लेखक गृहमन्त्री हुँदा निर्मलाका बलात्कार हत्यारालाई सार्वजनिक गर्नुपर्ने उनले बताइन ।

‘उति बेला एमाले नेतृत्वमा माओवादी सहित सरकारमा थिए, काँग्रेस बाहिर थियो, काँग्रेसका कार्यकर्तादेखि नेता कार्यकर्ताहरुले काँग्रेसले गृहमन्त्री पाए मिनेटमै निर्मलाका हत्यारा सार्वजनिक गछौँ भन्दै मुख च्यातिने गरी नाराबाजी गरे तर, अहिले त काँग्रेसकै गृहमन्त्री छ, कसले रोक्ने निर्मलाका हत्यारालाई सार्वजनिक गर्न ।’ अधिकारकर्मी चन्दले केही व्यक्ति पाटीले निर्मलाको लासमाथि राजनीतिक गरेको र आफूले भने छोरीको न्यायका लागि लडेको र सास रहुन्जेलसम्म न्यायका लागि लडिरहने बताइन ।
अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताइन । ‘घटना भएको ६÷६ वर्ष पुरा भयो, उनलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन, ‘उनले भनिन, ‘अहिले गृह नगरले गृहमन्त्री पनि पाएको छ, हामीलाई पूर्ण आशा, भरोसा र विश्वास पनि छ, यहाँकै गृहमन्त्री रमेश लेखक भएका छन्, उहाँबाट न्यायको अपेक्षा छ ।’ निर्मलाको बलात्कार पछि हत्या भएको सबैलाई सर्ववितितै रहेको बताउँदै उनले न्यायका लागि ठुलो आन्दोलन उठे पनि अहिलेसम्म हत्याराले छुट पाएको अब विलम्ब गर्न नहुने उनको भनाई छ । ‘वास्तविक हत्यारा पक्राउ गरेर कारबाही गर्नुपर्छ, ‘उनले भने, ‘गृहमन्त्री ज्यूले आफ्नै छोरी बेटीको न्यायका लागि हामीले उहाँमाथि भरपुर भरोसा राखेका छौँ ।’

कञ्चनपुरकी महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष पुरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताइन । उनले अब गृह नगरले नै गृहमन्त्री पाएको अवस्थामा निर्मलाका हत्यारा पत्ता लाग्ने अपेक्षा राखिन । ‘आजसम्म हत्यारा पत्ता लागेन, अब त निर्मलाको गृह नगरमै नै गृहमन्त्री पाएको छ, अब लाग्ने हामीलाई आशा छ ।’ निर्मला लाई न्याय दिलाउन समेत गृहमन्त्रीले गम्भीर हुनुपर्ने उनको सुझाव छ । एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष समेत रहेकी कुँवरले बिहीबार प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै यथाशीघ्र निर्मलाका हत्यारा सार्वजनिकको माग अघि सारेको बताइन ।

निर्मला हत्याकाण्डका दोषी सार्वजनिकको माग अघि सारेर संघर्ष गर्दै आएको दबाबमूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले हत्यारा सरकारलाई थाहा हुँदाहुँदै पनि सार्वजनिक नगरेको बताइन ।
‘यतिका ६/६ वर्ष भई सक्यो अहिलेसम्म हत्यारा सार्वजनिक गरेको छैन, गरेको पनि विवादित भयो, ‘उनले भने, ‘अहिलेसम्म गृहमन्त्रीको नेतृत्व बाह्य जिल्लाका नेताले गरेका थिए, अब त निर्मलाकै गृह नगरका नेता रमेश लेखकले गरेका छन्, उति बेला रमेश लेखक सहित उनको पाटीले आन्दोलनमा साथ समर्थन एव आन्दोलन गरेका थिए, अब उनी नै मूल नेतृत्वमा पुगेका छन्, अब निर्मलाले न्याय पाउने हामीलाई आशा पलाएको छ ।’ अहिले निर्मलाले न्याय नपाए कहिल्यै नपाउने संघर्ष समितिकी संयोजक श्रेष्ठको भनाई छ ।
निर्मलाको न्यायका लागि भन्दै उति बेला युद्ध स्तरमा ज्यान फालेर आन्दोलनमा होमिएकी महिला अगुवा सन्तोषी साउद ९ऐरी० ले अब निर्मलाका हत्यारा पक्राउ पर्ने आशा व्यक्त गरेकी छिन ।
‘अहिलेसम्म वास्तविक दोषी पत्ता लग्न सकेन, यो दुखत विषय हो, ‘उनले भनिन, ‘अब गृहमन्त्री पनि गृह जिल्लाले पाएको छ, हामीलाई उहाँबाट ठुलो आशा छ, अब निर्मलाले न्याय पाउँछिन् ।’
हालका गृहमन्त्री रमेश लेखक ज्यूले मातहतका निकायलाई निर्देशन दिएर थप सूक्ष्म अनुसन्धान गरेर दोषी पहिचान गरेर निर्मलालाई न्याय दिनुपर्ने उनले जोड दिइन ।

उति बेला युद्ध स्तरमा आन्दोलनमा होमिएकी महिला अगुवा लक्ष्मी मल्लले गृह नगरले गृहमन्त्री पाएसँगै हत्यारा पत्ता लाग्ने आशा व्यक्त गरेकी छिन ।
‘उति बेला हाम्रै आन्दोलनमा अहिलेका गृहमन्त्री रमेश लेखक ज्यू साथमै भएर घरसम्मै पुगे पुरै घटना उहाँलाई पनि थाहा छ, अब उहाँ अहिले नेतृत्वमा हुनुहुन्छ, अब निर्मलाले न्याउ पाउने हामीले आशा गरेका छौँ, ‘उनले भनिन, ‘अहिले निर्मलाका हत्यारा पत्ता नलागे कहिल्यै लाग्दैन ।’

निर्मलाको न्यायका लागि भन्दै आन्दोलन होमिएका घाइते सुरेन्द्र देउवाले आफूले अहिलेसम्म राहत नपाएको दुखेसो पोखे । ‘हामी निर्मलाको न्यायका लागि आन्दोलनमा होमिए, म पनि त्यही आन्दोलनको घाइते हुँ, तर सरकारले मलाई हेरेन, यसबिचमा थुप्रै गृहमन्त्री फेरिए अहिले त गृह नगरकै गृहमन्त्री हुनुहुन्छ, अब निर्मलाले न्याय पाउने घाइतेले उपचार पाउने आशा लिएको छु ।’

देउवाले अहिलेसम्म गृह मन्त्रालयको नेतृत्व अन्य व्यक्तिले लिँदा निर्मलाको विषयमा गम्भीर नभएको र अहिलेका गृहमन्त्री रमेश लेखकले निर्मलाको विषयमा बुझेको आफ्नै गृह नगरकी छोरीको न्यायका लागि सत प्रतिशत खटिएर लाग्ने आफूलाई विश्वास भएको बताए । ‘यस अघि गृहमन्त्री भएका नेताबाट हामीले आस पनि गरेका थिएनौँ, ‘उनले भने, ‘अहिले त निर्मलाकै गृह नगरका रमेश लेखक ज्यू गृहमन्त्री भएका छन्, अब हामीलाई निर्मलाका बलात्कारी हत्यारा पक्राउ पर्ने विश्वास छ ।’

नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले ६ बर्षवितिसक्दा पनि निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक नहुनु दुखत विषय भएको बताइन । उनले अहिलेका गृहमन्त्री रमेश लेखक निर्मलाकै निर्वाचन क्षेत्रका भएकाले अन्य गृहमन्त्री भन्दा लेखकप्रति ठुलो अपेक्षा रहेको बताइन ।

‘यस अघि गृहमन्त्री भएकाहरूले यहाँका स्थानीय परिवेश पनि थाहा थिएन, उनीहरू गम्भीर भएनन्, अहिलेका गृहमन्त्री ज्यूलाई यहाँको निर्मलाको हत्याकाण्ड बारे पुरै थाहा छ, अब उहाँले निर्मलाको हत्यारा सार्वजनिक गर्ने आशा छ, ‘उनले भनिन, ‘अहिलेका गृहमन्त्री ज्यूप्रति हामीलाई वास्तविक निर्मलाका हत्यारा सार्वजनिक हुने विश्वास पनि छ ।’

संयोजक भण्डारीले निर्मलाको प्रशासन मार्फत पुन सरकारको ध्यानाकर्षण गराउने बताइन । ‘उति बेला हामीले गरेको संघर्ष र आवाज निरन्तर उठाउँछौँ, ‘उनले भनिन, ‘अब यस विषयमा सरकार झन् गम्भीर हुनुपर्छ ।’
छोरी निर्मलाको बलात्कारपछि हत्या भएको आज ६ बर्षपनि पुरा भई सक्यो, सरकारले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । उति बेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउँथे, आजभोलि कोही आउँदैनन्, पनि सोध्दा पनि सोध्दैनन् । मैले त न्याय पाउने आसै मारिसकेको छु ।अहिले यो ठाउँबाट गृहमन्त्री पनि भएका छन् । उनले चाहे दोषी पत्ता लाग्छ ।

गृहमन्त्री रमेश लेखकले चाहे भने निर्मलाका हत्यारा पत्ता लाग्छन् । अहिलेसम्म न्याय पाएको छैन, पीडित परिवारमा पीडा थपिएको थप्यै छ । उहाँ गृहमन्त्री रमेश लेखकले विगतमा पनि मेरी छोरीको न्यायका लागि बचन दिएका थिए, अहिले उहाँप्रति आश छ । यो साउन महिना लागेपछि मलाई निर्मलाको यादले झन् पीडा थपिन्छ, साउन महिना कहिले जाला हुन्छ । निर्मलाका आमा दुर्गादेवीबाट तीन छोरी मध्ये निर्मला माहिली, जेठीको एक वर्ष अघि विवाह भयो, कान्छी छोरी मात्रै छिन । निर्मलाका बाबु यज्ञराज पन्तले दोस्रो विवाह गरेपछि उनी कान्छी श्रीमतीसँगै भीमदत्त १ भाँसी बस्दै आएका छन् । निर्मलाकी आमा भी नपा २उल्टा खाम बस्दै आएकी छिन । निर्मलाकी आमा दुर्गा अहिले भीमदत्त नगरपालिका २वडा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै गुजारा चलाउँदै आएकी छिन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले निर्मलाको हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी जोशीले हालसम्म ६५५ व्यक्तिमाथि अनुसन्धान भएको बताए । ‘५९जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ, ‘उनले भने, १ जनामाथि हाल पनि गरेका छौँ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको एसपी जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *