डोटीमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार एक बालक घाइते

पाँजलो न्युज
२८ असार २०८१ ४:५८
डोटीमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार एक बालक घाइते

दिपायल- डोटीमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार एक बालक घाइते भएका छन् । जिल्लाको दिपायल नगरपालिकाको गोपघाट बजारमा बाजुरादेखि धनगढीतर्फ आइरहेको ट्याक्टले ठक्कर दिदा १४ वर्षीय सुदिप बलायर घाइते भएका हुन् ।
बलायर गोपघाट बजारदेखि तिलतालीतर्फ जाने क्रममा बुढिनन्दाका २८ वर्षीय चक्र खड्काले चलाएको से २ प २६१ नम्बरको ट्याक्टले ठक्कर दिएको प्र्रहरीले जनाएको छ ।

उनी शिखर नगरपालिका–८ का स्थानीय हुन् । बलायरको दाहिने खुट्टा, छातिमा चोट लागेको छ । गम्भीर अवस्थाका बलायरलाई थप उपचारका लागि धनगढी ल्याइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *