
डोटी-जिल्लाबाट पनि एक सय विद्यालय सहभागी रहेकोमा १८ विद्यालयको नतिजा शून्य छ । सबैभन्दा धेरै बोगटान फुड्सिल गाउँपालिकाका पाँच विद्यालय शिमचौर, कर्कटेश्वर, केदारआखडा, कानाचौर र भगतेश्वर माविको नतिजा शून्य रहेको छ । यस्तै केआईसिंह गाउँपालिकाका चार विद्यालय मोहन्यालमाडौं, देवस्थल, छत्रेश्वरी र भुवनेश्वरी माविका सबै विद्यार्थीको नतिजा शून्य आएको छ ।
बडिकेदार गाउँपालिकाका तीन विद्यालय दुर्गा, लक्ष्मी र जनता माविको नतिजा शून्य छ । पूर्वीचौकी गाउँपालिकाका नेत्रेश्वरी र भारतोली मावि, सायल गाउँपालिकाका छपाली र हिमालय मावि, जोरायल गाउँपालिकाको शिवपुर मावि र दीपायल सिलगढी नगरपालिकाको देवी माविको नतिजा शून्य छ ।
प्रतिक्रिया