दिपायल- डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ रिसडीकी कल्पना बोहरा घाइते भएकी हुन् । वुधबार साझ करिव सात बजेको समयमा खाना पकाउने क्रममा चट्याङको झिल्को आएर लाग्दा बोहरा घाइते भएको, उनका देवर शेर बहादुर बोहराले जानकारी दिए । साथै बोहराको दुुई हातमा र टाउकोमा चोट लागेको उनका परिवार स्रोतले जनायको छ ।
घाईते बोहराको अहिले धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर मा आइसियुु मा राखेर उपचार भइरहेको जनाइएको छ । चट्याङबाट दुुई वटा घर र पशुु चौपायमा पनि क्षेति भएको जनकारी भयको छ ।
प्रतिक्रिया