धनगढी– सोमवार (आज) साँझ चार बजे धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ।
जहाजको दुवैतिरको पंखाको इन्जिनबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ। उड्नको लागि ट्याक्सी वे मा जान लागेको जहाजलाई क्याप्टेनले उडाउन नमिल्ने जनाएपछी धनगढी विमानस्थलमा ग्राउण्डेड गरिएको छ।
त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ। जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो। काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ।







प्रतिक्रिया