(डोटी)डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ मा रहेको लालीगुराँस सामुदायिक बन उपभोक्ता समूहमा स्थलगत अभ्यास गरिएको छ ।
सब डिभिजन कार्यालय बुडरको आयोजनामा लाली गुराँस सामुदायिक बन उपभोक्ता समूह अन्तरगत बगस्तीका महिलाहरूले स्व स्फूर्त रूपमा सक्रिय भएर जङ्गलमा रहेका खवर झारपात, खराब हाँगा, बुट्यान हटाउने कार्य गर्दै आएका र त्यसैलाई थप उत्प्रेरित गर्न उक्त कार्यक्रम गरिएको बन रक्षक प्रेम नेपालीले बताएका छन् ।
बन जङ्गल हरियाली बनाउन, डढेलोबाट बचाउन सबैले सक्रिय हुनु आवश्यक रहेको लालीगुराँस सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जितेन्द्र बोहराले बताए । बन जङ्गल उपभोक्ताकै भएकाले यसको संरक्षण संवर्द्धन गर्ने पहिलो भूमिका पनि हामी उपभोक्ता समुदायको रहेकोले यसको संरक्षणमा सबैले ध्यान दिनु पर्ने समेत अध्यक्ष बोहराले बताए । उक्त कार्यक्रममा स्थानीय तिन दर्जन भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । 








प्रतिक्रिया