ईडिसिले मनायाे विविध कार्यक्रम गरि स्थापना दिवस

पाँजलो न्युज
२५ फागुन २०८० ८:२४
ईडिसिले मनायाे विविध कार्यक्रम गरि स्थापना दिवस

डाेटी – सम विकास केन्द्र (ईडिसि) ले आफ्नाे स्थापना दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाएकाे छ ।

समतामुलक समाज को निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ २०५३ सालमा स्थापना भएको सम विकास केन्द्र (ईडिसि) नेपाल डोटीले २७ औँ स्थापना दिवस तथा ११४ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएकाे हाे ।

सम विकास केन्द्र ईडिसिका नरेन्द्र विकका अनुसार दिवसका अवसरमा रक्तदान तथा विरामीहरुलाई फलफुल वितरण गरि मनाएकाे छ ।

विकका अनुसार संचालन गरेको रक्तदान कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन प्रमुख कृष्ण सुन्दर श्रेष्ठ, कार्यक्रम अधिकृतहरु रमा भण्डारी र विज्ञान देवलले रक्तदान गरेका छन । साथै जिल्ला अस्पतालको सहकार्यमा भर्ना भएका २३ जना विरामीहरुलाई फलफुलहरु समेत वितरण गरिएको छ । दुवै कार्यक्रममा संस्थाका सदस्य, पदाधिकारीहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।


सुशासन, महिला तथा दलित अधिकार, दिगो जिविकोपार्जन र जलवायु न्याय जस्ता विभिन्न सवालहरुमा संस्थाले विगत २७ वर्ष देखि जिल्लाका कृयाशिल रहि काम गर्दै आएको छ । २०५३ साल फागुन २६ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई कार्य संचालन गरिरहेको संस्थाले स्थापना दिवशको पुर्व सन्ध्यामा उक्त कार्यक्रमहरु संचालन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *