कार्य सम्पादन मूल्याङ्कनमा दिपायल सिलगढी नगरपालिका पहिलो

मोहन शाही
९ फागुन २०८० १८:१९
कार्य सम्पादन मूल्याङ्कनमा दिपायल सिलगढी नगरपालिका पहिलो

डोटी – कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा दिपायल सिलगढी नगरपालिका पहिलो भएको छ । सुदूरपश्चिमका ८८ पालिकामध्य दिपायल सिलगढी नगरपालिका चौथो स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार दिपायल सिलगढी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४४.९७ अङ्क प्राप्त गरेको छ । डोटीमा दोस्रो स्थानमा रहेको बडीकेदार गाउँपालिकाले ३७.३१ अङ्क प्राप्त गरेको छ ।

दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काले पालिकाले कार्य सम्पादन मूल्याङ्कनमा सफलता हासिल गर्न अहम भूमीका खेल्ने नगरबासी, जनप्रतिनिधी र कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यबाद व्यक्त गरेका छन् । यस नतिजाले आफूलाई थप प्रेरित गरेको नगरप्रमुख खड्काले पाँजलो अनलाइनलाइ बताए ।

कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा सबैभन्दा कम अङ्क सायल गाउँपालिकाले प्राप्त गरेको छ । सायलले १५.४१ अङ्क मात्रै पाएको हो । कार्यसम्पादन मूल्याङ्कनमा आदर्श गाउँपालिकाले ३१.२८ अङ्क, के.आई.सिंह गाउँपालिकाले ३०ं.७१ अङ्क, जोरायलले २६.०७, शिखरले २५.४९ अङ्क, पूर्वीचौकीले २३.३२ अङ्क र बोगटान फूडसिल गाउँपालिकाले १७.७० अङ्क पाएको छ ।
कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरेर नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरेर नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेर नगरेको लगायतका सूचक राखिएका छन ।

सूदूरपश्चिममा डडेल्धुराको अमरगढी नगरपालिका ४८.९९ अङ्कका साथ पहिलो, बझांगको छविस पाथीभारा गाउँपालिकाले ४६.८१ अङ्कका साथ दोस्रो, जयपृथ्वी नगरपालिका ४५.३२ अङ्क ल्याएर तेस्रो भएको छ भने दिपायल सिलगढी नगरपालिका चौथो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *