सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री बिरुद्ध प्रहरीमा उजुरी, बझाङका बोहरालाई ज्यान मार्ने धम्की

पाँजलो न्युज
१६ माघ २०८० ५:२६
सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री बिरुद्ध प्रहरीमा उजुरी, बझाङका बोहरालाई ज्यान मार्ने धम्की

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद बिरुद्ध कैलाली प्रहरीमा उजुरी परेको छ । मन्त्री साउँदबाट आफुलाई अशुरक्षा भएको भन्दै बझाङको बुंगल नगरपालिका १ का धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । मन्त्री साउँद संग पुरानो लेनदेन रहेको र सोही बिषयमा उजुरी दर्ता गराएको धन बहादुर बोहराले बताए । उनले यस बिषयमा छलफल चलिरहेको बताउँदै समस्या समाधान नभए आफै मिडियामा आउने समेत बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले सोमबार मन्त्री साउँद बिरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता भएको बताए । साउँदले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी परेको उनले जानकारी दिए । उनकाअनुसार बोहराले साउँदलाई विभिन्न मितिमा पैँसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । प्रहरी नायब उपरिक्षक चन्दले बोहराको शुरक्षका लागी प्रहरी तयार रहेको बताए । यस बिषयमा आवश्यक अनुशन्धान हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *