दिनेश जोशी डोटी- नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीको के आई सिं गाउँपालिकाका शिवि बिक लाई आर्थिक सहयोग गरेका छन ।
आर्थिक स्थिती कमजोर भयका बिक एम बि बि एस(डाक्टर) पढ्न पाउने भयपछी सहयोग गरेका हुन ।
केआइ सिं गाउँपालिका ४ कारीगाउँका १७ वर्षीय बिकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । बिक का अनुसार “सनिबार काठमाण्डाैं, महादेव स्थान स्थित आफ्नै निवासमा बाेलाई एउटा साधारण गरीब परीवारको छोराले गाउँकै सरकारी विद्यालयबट पढेर MBBS डाक्टर बन्ने साहस गर्नु कुनै चानचुने कुरा नभएको बताउँदै बधाई दिनुका साथै मेरो संघर्ष र सफलतालाई प्रोत्साहन गर्नु आफ्नो दायित्व बताउँदै मेराे सम्मान र प्राेत्साहन स्वरुप मलाई एक लाख सहयोग प्रदान गर्नुभएको छ । थप MBBS देखि MD सम्मको शैक्षिक यात्रामा समेत सहयोग पुर्याउने प्रतिवद्धता जनाउँनु भएको छ । यो एउटा असल जनप्रतिनिधिले गर्ने सम्मानजनक काम हो । यो महत्वपूर्ण सहयोगका लागि माननीय प्रेम बहादुर आलेज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै म एउटा असल डाक्टर भएर उहाँको समाज सेवाको काममा थप टेवा पुर्याउने प्रतिवद्धता” व्यक्त गरेका छन







प्रतिक्रिया