कैलालीमा मोटरसाइकल ठक्कर दिने कार चालक पक्राउ

पाँजलो न्युज
६ पुष २०८० ५:०७
कैलालीमा मोटरसाइकल ठक्कर दिने कार चालक पक्राउ
धनगढी- कैलालीमा मोटरसाइकललाई ठक्कर दिने कार चालक पक्राउ परेका छन् । कैलालीको घोडाघोडीमा मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा मृत्यु भएका भनिएका युवकलाई ठक्कर दिएको आरोपमा प्रहरीले कार चालकलाई पक्राउ गरेको हो ।

मंगलवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिर्सोट नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका २९ वर्षीय धोजबहादुर शाहीलाई ठक्कर दिएको भन्दै कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।ठक्करबाट घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मंगलवार राति नै मृत्यु भएको थियो।

उनकाअनुसार बागमती प्रदेश ०१०२९ च ३८८७ नम्बरको कार र चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय गणेशबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक शाहीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१० प ५०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेको अवस्थामा खड्काले चलाएको कारको अगाडीको दाहिने चक्काले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *