कैलाली- रुसी सेनामा कार्यरत कैलालीका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको छ।
टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र मृत्युको खवर भएका थिए। लडाइमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए।
युद्ध लडिहरेकाहरुसँग मोवाइल र अन्य सञ्चारसुबिधा नरहेको र लडाइको मैदानबाट भाग्ने वा जोगिने संभावना नरहेको पनि कञ्चनपुरका युवाले युक्रेन र रुसको सीमाबाट मेसेज पठाएका छन्।







प्रतिक्रिया