एन सी सी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने –गणपति देउजा

गणेश मौनी
२० मंसिर २०८० ५:३२
एन सी सी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने –गणपति देउजा
डोटी, डोटी सिलगढी अवस्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले एन सी सी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताएका छन् ।
मङ्गलवार डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ७ सलेना स्थित नवदिप विद्या निकेतन बोर्डिङ स्कुलमा श्रावण १ गतेबाट सञ्चालन भइरहेको एन सी सी क्याडेट जुनियर डिभिजन तालिमको निरीक्षण गर्दै उक्त कुरा बताएका हुन् । उनले भने एन सी सी तालिम प्राप्त बिद्यार्थिहरु अनुशासित, ईमान्दार हुनुका साथै नेतृत्व विकासमा समेत सहयोग पुग्ने बताए ।
जिल्लामा एन सी सी तालिम प्राप्त बिद्यार्थिहरु भएको अवस्थामा दैविक प्रकोपका घटनाहरूमा समेत सहज हुने प्रमुख सेनानी देउजाले बताए । आर्थिक वर्ष २०८०÷८१ को राष्ट्रिय सेवा दल कार्यक्रम अनुसार तालिम सचालन गरिएको थियो । तालिमरत एन सी सी क्याडेटहरुले तालिमको समयमा सिकाइएका खालि हात ड्रिल, खुकुरी ड्रिल लगायत अन्य ड्रिलहरू अनुगमनको दौरानमा प्रदर्शन गरेका भैरव प्रसाद गणले जनाएको छ ।
तालिममा सहभागी क्याडेट छात्रछात्राहरूलाई माघ २ गते देखि २२ गतेसम्म श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा वार्षिक सामूहिक क्याम्प सञ्चालनमा समेत सहभागी गराइने प्रमुख सेनानी देउजाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *