कैलालीमा जुवा खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ

पाँजलो न्युज
२४ असोज २०८० ५:२२
कैलालीमा जुवा खेलिरहेको अवस्थामा १२ जुवाडे पक्राउ

धनगढी- कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *