तारिख लिन सर्वोच्च पुगेकी भारती मानन्धर अदालतको परिसरमै ढलिन्

पाँजलो न्युज
१७ असोज २०८० ७:४७
तारिख लिन सर्वोच्च पुगेकी भारती मानन्धर अदालतको परिसरमै ढलिन्

काठमाडौं- आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्चमा रिट निवेदन दिएकी भारती मानन्धर तारिख लिएर फर्किने क्रममा अदालतको परिसरमा ढलेकी छन्।

बुधबार रिट फाँटमा पुगेर तोरिख लिएपछि फर्किने क्रममा सर्वोच्चको परिसरमा उनी बेहोस् भएर लडेकी थिइन् । ढलेपछि उनलाई उपचारका लागि तत्काल वीर अस्पताल पुर्‍याइएकाे छ ।

उनले संविधान दिवसको अवसर पारेर रिगललाई सजायमा छुट दिने सरकारको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *