बाजुरामा दुई युवकलाई लखेटि लखेटि सामूहिक कुटपिट

पाँजलो न्युज
२५ भदौ २०८० ८:५४
बाजुरामा दुई युवकलाई लखेटि लखेटि सामूहिक कुटपिट

बाजुरा- बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ।जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।

खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा ती युवकमाथि कुटपिट भएको हो। कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको बताइएको छ। घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *