वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

पाँजलो न्युज
१८ भदौ २०८० ८:०६
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौ : वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । गएराति अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर एक पुरुषको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिसर प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । उनी अन्दाजी ४०/४१ वर्षका देखिन्छन् ।

बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर हाम फालेका थिए । उनले किन हाम फाले भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *