तीजको कार्यक्रम गर्दा प्रशासनको अनुमति लिनुपर्ने !

पाँजलो न्युज
१३ भदौ २०८० ७:०२
तीजको कार्यक्रम गर्दा प्रशासनको अनुमति लिनुपर्ने !

पर्वत- कास्कीमा तीजको कार्यक्रम आयोजना गर्न पुर्व स्वीकृति लिनु पर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने भनिएको छ।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवरध न गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन नगर्न नगराउन पनि कास्की प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले गरेको अनुरोधलाई उल्लंघन गरे कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *