भान्सामा खाना बनाउने क्रममा सर्पको टोकाइबाट बैतडीमा एक महिलाको मृत्यु

पाँजलो न्युज
१३ भदौ २०८० ६:५९
भान्सामा खाना बनाउने क्रममा सर्पको टोकाइबाट बैतडीमा एक महिलाको मृत्यु

बैतडी – भान्सामा खाना बनाउने क्रममा बैतडीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साडे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राती १२ बजे मृत्यु भएको स्थानीय सुरेश सार्कीले जानकारी दिए ।

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गरेको थियो । तर झारफुक गरेपछि केहि समयपछि उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *